शिवराज पन्थी
एक वर्षघि कतार ओर्लंदा म नक्कली काम, दाम र सम्झौतामा भित्रि“दैछु भन्नेमा अनभिज्ञ थिए“ । एयरपोर्टबाट रिसिभ नगरेपछि गाउ“कै साथीले साता दिन पाले । एक परिचितको सहयोगमा सनैयास्थित कन्ट्रक्सन कम्पनीमा लगियो । त्यहा“ भनेको काम, दाम र सुविधा नमिलेपछि घर र्फकने निधोमा पुगियो । दलालहरूबाट परेको रकम-टिकट असुल गर्ने र एकाध महिना काम पनि गर्ने निर्ण्र्ाा गरियो । म गैरकानुनी रूपमा काम गर्न थाले । साहुको ऋण तिर्न तथा बन्धक राखेको जमिन फिर्ता गर्न र गाउ“ समाजका ‘काम गर्न नसकेर फर्कियो’ भन्ने कु-दृष्टिलाई परास्त गर्न यो बाध्यता थियो ।
हर्ेदाहर्ेर्दै दर्ुइ वर्षबितेपछि अब कहिल्यै कतार नर्फकने गरी स्वदेश जा“दैछु । क्रूर कानुन, प्रचण्ड गर्मी र जीवन-मरणको अनिश्चितता भएको खाडीमा गैरकानुनी रूपले काम गर्दा आफूले पाउने कानुनी सुविधाबाट पर्ूण्ा वञ्चित हुनर्ुपर्छ । बिरामी परियो भने उपचार गर्न उत्तिकै कठिन । तेस्रो केही गरी अकालमा ज्यान गुमाउनुपर्यो भने शव यतै अलपत्र पर्ने । यसबाहेक खान, बस्न, रेगुलर काम पाउन कठिन हुन्छ । काम गर्यो तलब दि“दैनन् बस्नका लागि कोठा अति नै मह“गो । एकजनाको औसत खर्च महिनाको ७ सय रियलसम्म पर्छ । अर्कार्ेतर्फ २४ सै घन्टा कतिबेला गिरपmतार गरी जेल हालिने हो भन्ने डर-त्रास । गैरकानूनी रुपमा काम गर्ने मान्छे हमेशा मानसिक तनावमा
हुन्छ । यसरी काम गरेर जेल पर्नेहरू वा आत्मर्समर्पण गरेर मुलुक जानेहरू दुवैलाई १ देखि २ वर्षम्म सम्बन्धीत देशमा आउनै नपाउने गरी क्यान्सील पठाउने यहा“को कानुन छ । अझ कुनै मुद्दा लागेर नराम्रो रर्ेकर्डबाट मुलुक जानेहरूका लागि त एयरपोर्टमै ल्यान्डिङ हुन नपाउने व्यवस्था छ ।
कतारमा गैरकानुनीरूपले मानव ओसारपसार गर्ने तस्करका सञ्जालहरू एकपछि अर्काे गर्दै झाङ्गदिै गएका छन् । यतै बसेर कम्पनीहरूस“ग समन्वय कायम गरी निःशुल्क भिसा हात पारेर ढाका टोपी लगाउनेले ढाकाटोपी लगाउनेलाई, आफन्तले आफन्तलाई समेत नक्कली काम दाम र एग्रिमेन्टमै ठगेका प्रशस्तै उदाहरण छन् । कतारमा सेल्समेनमा पठाइएका मान्छे साउदीमा भेंडा चराएका पनि छन् । लाइब्रेरीमा काम गर्न आएका समेत मान्छे भेडा गोठालाको खोरमा छन् । दर्ुबई पठाएका मान्छेहरू कतारमा आएर जेल परेका छन् । नक्कली भिसामा भारतको बाटो हु“दै पठाइएका कामदार र एयरपोर्टबाटै जेल परेका पनि छन् । यसमा भिसाको कारोबार गर्ने एजेन्ट मात्रैलाई दोषी देख्छौं हामी । नेपालीहरूको बानी जस्तो पायो त्यस्तै भिसामा जहाज चढ्ने रहरले हामफाल्ने, कुनै काममा दक्ष नभईकन, अदक्ष कामदारको दर्जामा आउने, विदेशको बारेमा पत्रपत्रिकामा प्रकाशित समाचार लेख एवं ज्ञानमूलक कुराहरू नपढ्ने आदि कारणहरू पनि यो समस्या दिनप्रतिदिन बढिरहेको छ ।
३ लाखको हाराहारीमा नेपाली यहा“ छिरेका छन् । अधिकांशले न्यून श्रममूल्य, एवं न्यूनतम सुविधाको पीडा खेप्नुपरेको छ । आज कतारमा ७८/७९ वटा संस्था दूतावासमा दर्ता भएका छन् तर एकाध संघसंस्थाबाहेक सामाजिक सेवा एवं नेपालीका समस्या समाधान गर्नमा अरू लागिपरेको देखि“दैन । बरु संघसंस्थाको नाममा आफू जोगिने बाटो बनाई गैरकानुनी रूपमा भिसाको कारोबार गर्ने र टेबुलमुनिबाट पोको तर्ेसाउने गिरोहहरू सक्रिय छन् । यस्ता कार्यलाई निरुत्साहित गर्न हाल नेपाली राजदूताबासले स्वागतयोग्य कदम पनि चालेको पाइन्छ ।
वैचारिक लक्ष्य बोकेका यहा“का संघसंस्थाले केही हदसम्म राम्रा काम गरेका छन् । यद्यपि उनीहरूलाई पनि यहा“को राज्यव्यवस्थास“ग बचेर भूमिगत रूपमा काम गर्नुपर्ने अप्ठ्यारो स्थिति छ । एउटा नेपाली समाजले कतारमा रहेका नेपाली मजदुरका अप्ठ्यारामा साथ दिने र गैरकानुनी रूपमा काम गर्ने बदमासलाई तह लगाउने भनी हालै मुद्दा विभाग र जेल निरीक्षण विभाग गठन गरेको सुन्नमा आएको छ । यस्ता कामहरूले केही हदसम्म मानव तस्करका सञ्जालहरू र्सतर्क हुनेछन् ।
यहा“को दूतावासले विगतभन्दा हाल केही सकारात्मक नीतिहरू लिएको पाइन्छ । यद्यपि उ“ट, परेवा, कुखुरा, भेडा चराउने गोलाहरू अर्थात् पीडित नेपाली कामदारसमक्ष दूतावासका कुनै मान्छे पुगेका छैनन् । नेपाली कामदारका के कस्ता समस्या छन, कस्ता काम गरेका छन्, कति अन्यायमा परेका छन् । कतिले तलब पाएका छैनन्, नेपाली के कारणले मरिरहेका छन्, यी विषयमा दूतावास र सरकारले चासो दिएको
छैन । दूतावास होस् या त्यतिबेला कतारमा कार्यरत सञ्चारकर्मी कोही पनि नपुगेका ठाउ“मा हामी पुग्यौं र मिडियामार्फत उनीहरूका दुःखर्-दर्दका वेदना र्सार्वजनिक गर्यो । २००५ को सम्झौतालाई कार्यन्वयन गर्ने भनी २००८ जनवरीमा ‘नया“ श्रम सम्झौता’ को प्रचार गरिए पनि त्यो केवल कामदारका आ“खामा छारो हाल्ने प्रयत्न साबित भयो ।
नया“ नेपाल हर्ेन फर्किने आकांक्षा पलाएपछि म पनि विधिवत् जेल पुगे । त्यहा“ गैरकानुनी रूपमा काम गर्दै आइरहेका मजस्ता थुप्रै नेपाली आत्मर्समर्पण गर्दै मुलुक र्फकने भीडभाडमा थिए । म स्वयं पनि गैरकानुनी कामदार भएकोले जेलमा १०-१२ दिन आतेजाते गर्दा त्यहा“का थुप्रै कुराले मनस्तिष्कमा र्स्पर्श गरे । भीडका कारण कतिपय नेपाली र श्रीलंकाली कामदारहरू घरफिर्तीको लागि निवेदन दर्ता गराएर पनि पालो पाइरहेका थिएनन् । भीडभाडमै जनकपुरका विशेश्वर ठाकुरले भने ‘२ महिना भयो जेल धाउन थालेको र्फकने पालो अझै आएको छैन ।’
उता गैरकानुनी रूपमा काम गर्दा गिरपmतार भई जेलभित्र परेका नेपालीको त झन् कहालीलाग्दो अवस्था छ । बस्न, खान, सुत्न र नुहाउन अत्यन्तै अव्यवस्थित छ । ५-६ महिनाको जेल जीवन बिताएर पनि मान्छेहरू मुलुक फिर्न पाएका छैनन् । कतार नेपाली एकता समाजका जेल विभाग इन्चार्ज तिलकबहादुर उर्फ जीवनका अनुसार हालै मात्र पीपी नभेटिएकोले ६ महिना जेल बसेर राजदूतावासले २४ घन्टे ट्राभल डकुमेन्ट बनाएर दिएपछि दाङ् देउखुरीका तुलसीराम आचार्य घर फिर्ती भए । कैयन नेपाली एयरपोर्टबाटै गिरपmतार भएर जेल परेका
थिए । अप्रिल र मई महिनामा मात्र १८/२० जना पठाइएको छ भन्ने हाल पनि जेलमा १२ सय ३० जना नेपाली बन्दी छन् ।
कतारमा ९० प्रतिशत नेपालीको अवस्था कहालीलाग्दो छ । मेनपावर एजेन्सीको बढ्दो गैरजिम्मेवारीपनले यो अझ बढ्दो छ । अर्काेतिर यसको दोष स्वयम् कामदारलाई पनि जान्छ । किनकि प्रथमत कामदार दक्ष नभईकन विदेश जाने भनेर प्लेन चढ्ने रहरले हामफाल्नु, वैदेशीक राजेगारमा जानुपर्ूव सम्बन्धित देशको अवस्था र वस्तुस्थितिबारे पत्रपत्रिका वा आपmना आफन्तमार्फत बुभmन चासो नदिनु, तृतीय बिहान उठेदेखि सुत्नेबेलासम्म झुठ, बेइमान र ठग बोली बोल्ने मानव ओसारपसारमा संलग्न मेनपावर एजेन्सीका दलालहरूको विश्वास गरिहाल्नु ।
यस्तै कमजोरीको फाइदा उठाएर मानव तस्करका सञ्जालहरू सक्रिय हु“दै र झाङ्गदिै गएका छन् ।
