युब राज गुरुङ
साउदी अरब, हराध

हुन त जीवन एउटा नटुङ्गीने यात्रा हो । प्रवासी जीवनमा धेरै मित्रहरुसँग धेरै यात्राहरुमा समावेश भइयो । कुनै कुनै यात्रा त यति मिठो हुदो रहेछ कि जिन्दगीको अन्तिम सास सम्म पनि याद दिलाउने खालका । दिन पछि हप्ता र हप्ता पछिको महिनाको कुर्राई तलवको लागि साउदी अरबमा कार्यरत नेपालीहरुले भोग्नु परेको पिणाहरु आखिर कस्ले बुझि दिने - कुरा गत हप्ताको हो । हामी कामदारहरु महिना बित्ना साथ अति रमाउछौं किनकी महिनाभरीको पारीश्रमीक पाउने दिन आउने भएको हुनाले नै होला सायद । हामी बसेको ठाउँ यहाँ वर परका साथीहरुलाई मात्र थाहा होला तर यो ठाउँ भन्दा बाहिरका साथीहरुलाई थाहा छैन । जंगल साउदी अरबमा मरुभूमिलाई भनिदो रहेछ सोच्दा त कति हरियाली होला जस्तो लाग्छ तर यहाँ त खाली रातो बालुवाको बगर बाहेक केहि देखिदैन । हामी त्यही जंगलको बिचमा अवस्थित साउदी आरामको कम्पनीको क्याममा केहि महिनादेखि कामको शिलशिलामा बस्दै आएका छौं । हामी बसेको वर पर त हरियाली छ जब हामी यो ठाउँ छोडेर कुनै अर्को ठाउँको यात्रामा निस्कन्छौं तव बालुवाको ढिस्कोलाई पार गर्नु पर्ने बाध्यता हुन्छ । जता हेरे पनि रातो बालुवा बाहेक केहि नदेखिने । गत हप्ता पनि हामीले महिनाभरीको तलव लिनको लागि यहाँ देखि धेरै टाढा हफुप भन्ने मार्केट सम्म जानु पर्ने थियो । करिब १८० कि.मी टाढा पर्दथ्यो । नेपालको लागि त झण्डै पोखरा काठमाण्डौ गरे झै हुन्थ्यो तर यहाँ २ घण्टा ३० मिनेटमा पार गरिदो रहेछ । हामीहरु यहाँ ५ जना जति छौ हामीले काम गर्ने कम्पनीका कामदारहरुलाई यहाँबाट भनेको बेलामा गाडीहरु पनि नपाईने । केवल कम्पनीका गाडीहरु म्ाात्र । एक जना नेपाली दाजी डर््राईभर हुनुहुन्थ्यो थानबहादुर थापा उहाँ हामी नजिकै कम्पनीको क्याममा कार्यरत हुनुहुन्थ्यो । हप्ताको अन्तिम दिन बुधवार भएको हुनाले अफिसमा पनि सामान्य काम गरी अलि छिटो निस्कियौ । कोठामा आई नपुग्दै दाजी हामीलाई लिनकोलागि आईपुग्नु भएको रहेछ । वहाँ आइपुग्दा ४:०० बजी सकेको थियो । हामी हराधबाट उधेलिया भई हफुफ जानु पर्ने हुन्थ्यो । त्यसैले हतार-हतार हामी गाडीमा चढ्यौ र हप्ताको यात्रालाई अगाडी बढायौ । बाहिरा ४०-४२ ड्रि्रीको तापक्रम थियो र गाडी भित्र पनि त्यस्तै थियो तर पनि हामी नेपाली सुमधुर लोक गितहरु र आधुनिक गितहरुको तालमा गर्मिको कुनै प्रवाह नगरी हर्ुइकियौ । हामीहरु म, ध्रुब सिग्देल, कुमार गुरुङ, इन्द्र थापा र डर््राईभर दाजी गरी ५ जना थियौ ।

१४० कि.मि को दुरी पछि उधेलिया भन्ने ठाउँ आई पुग्यौं त्यहाँ हाम्रो कम्पनीको क्याम्प थियो । त्यहाँ पुगी साथीहरु सवैले तलवको पेस्लिप लिनु भयो कम्पनीको क्याम्प इन्चार्ज रेशम थापाबाट र त्यहाँ हुनु भएका सवै नेपाली साथीभाईहरु विच भेट घाट भई हामी हाम्रो गन्तव्य हफुफ मार्केट तर्फलाग्यौं । करिव ४० कि.मि को यात्रा पछि हामी हफुप मार्केटमा पुग्यौ । साउदी अरबमा जब जब रात पर्दै जान्छ तब तब बजारका वरपरका पहरेदारहरुले आँखा खोली उज्यालो प्रकाश दिन्छन् अनि मार्केटमा भिड हुन थाल्छ । दिउसोको समयमा अति गर्मि हुने हुनाले मार्केटमा दिनको ५ बजे देखि राती ११:३० बजे सम्म खुल्ने गर्दछ यो समयमा किनमेलको अति भिड हुने गर्दछ । मोटर पार्किङ्ग एरियामा थन्काइयो अनि रियाध बैङमा त चाडो कि म चाडो भन्दै प्रतिस्पर्धा गर्दै पुग्यौ साथीहरु सबैको एटियम कार्ड थियो कार्ड हालेर पैसा निकाल्ने अति सजिलो माध्यम र म पनि मेरो कार्ड हालेर पैसा निकाल्न तत्पर थिए । तर अरु साथीहरुको पैसा आयो मेरो आउन सकेन । एकैक्षण त अलमलमा परे कतै पैसा नपाईने त हैन भनेर तर मेरो अकमाको म्याद सकिएको हुनाले कार्ड रिनुयल गर्नु पर्ने रहेछ । ठिकै छ अर्काे महिना लिउला भनी हामी बजार तिर लम्कियौ समान किनमेलको लागि । समान हर्ेदै हिड्यो तर भन्ो जस्तो पाईरहेको थिएन । हाम्रो थान बाहदुर दाजी भन्नु हुन्थ्यो समय गइसक्यो भनेर तर हामी भन्ने गर्दथ्यौ पर्खनु न दाजी फेरी पछि आउनको लागि एक महिना कर्ुनु पर्ने हुन्छ भनी हामी सम्झाउने गदथ्यौं । विस्तारै हामीहरुले लिनु पर्ने समानहरु पनि लियौ र समयले पनि नेटो काटी सकेकेा थियो र बजार पनि ११:३० वजे वन्दा हुने गर्दथ्यो र हामी समान किनी सकेपछि खानको निम्ति होटलमा गयांै खाना खायौं त्यस पछि गाडीमा सर-समानहरु मिलायौं र करिब रातको १२:०० बजे हामी हफुफको बजारबाट फेरी हाम्रो गन्तव्य उधेलिया तर्फ लम्कियौं । आहा कस्तो मज्जा रातको समयमा यात्रा गर्न त शितल सररर सररर हावा कता कता नेपालको झ-झल्को मेटाउथ्यो । साथीहरु सबै लखरतान्न भएर थाकेका थिए र निन्द्राको खोजीमा थिए त रातको समयमा गाडीको लागि निकै खतरा थियो यहाँ र पनि दिनमा भन्दा रातमा निकै आनन्द र सितल महशुष भईरहेको थियो यात्राको लागि । हामी ४० कि.मि को दुरी पछि उधेलियाको क्याम्पमा आईपुग्यौ र केहि साथीहरुसगँ भेट भयो रातको १:०० बजी सकेकेा हुनाले हामीले सुतेको साथीहरुलाई नबिउझाउने निधो गर्‍यौ र समान त्यहि राखी फेरी हामी हराद तर्फहईुकियौ साथी-साथी बात चित अनि साथमा मिठा मिठा नेपाली गीतहरु सुन्दै हराधमा रातको ३:०० बजे आई पुग्यौ तब अर्को बिहानीको मिरमिरेको आगमन हुनै लागेको थियो । कोठाका साथीहरु पनि उठ्नु भयो र फेरी नेपाली लोकगितहरु सुन्दै नाचगान अनि एक छिन केरेम्वोर्ड पनि खेलियौं र विहनी पखा ५:०० बजे तिर हामीहरु आराम गर्न लागियौं । यसरी यस पटको प्रवासको यात्रा अति रमाइलोका साथ सम्पन्न भयो ।