बयान मालतीको

घनश्याम खड्का  

कुनै समय उनका दिन अभिनयमै बित्थे । नेपाल आएका गन्यमान्य विदेशीलाई नाच देखाउनु पर्दा उनै अघि र्सनुपथ्र्यो । प्रज्ञाप्रतिष्ठानले आयोजना गर्ने नाटकहरूमा अभिनय गर्दागर्दै बैंसले नेटो काट्यो । तर अचेल समय बदलिएको छ ।’अभिनय त टाढाको कुरा भयो’ लक्ष्मी श्रेष्ठ भन्छिन्- ‘नाच्न छाडेको पनि निकै भइसक्यो ।’

 

 

कुरो तीन वर्षघिको हो । माधव घिमिरेको ‘मालती-मंगले’ नाटक देखाउन उनी अमेरिका पुगेकी थिइन् १४ कलाकारको डफ्फामा । प्रवासी नेपालीले आयोजना गरेको यो यात्रा उनको जीवनमा निकै प्रभावी रह्यो । नाटक सकिएपछि अरू कलाकार र्फके । उनी उतै बसिन् ।यताका पत्रपत्रिकाले लेखे ‘मालती अमेरिकामै लुकिन्’ । ‘त्यहा“ मेरा छोरा छन्, तिनले भनेर पो बसेकी त’ उनले हल्का आक्रोश पोखिन्, ‘तर मैले त मुलुकको सारा सम्पत्ति नै स्वाहा पारेर गएकी जस्तो पो गरे ।’उनका छोरा निश्छल अमेरिकाको एक होटलका व्यवस्थापक छन् रे । उसैले आग्रह गरेर आफू बसेको उनी खुलस्तै भन्छिन् ।’लुकेर काम गर्न अप्ठेरो हु“दोरहेछ’ उनी भन्छिन्- ‘छ महिनापछि ग्रिनकार्ड लिए“ ।’ त्यसपछि उनी त्यहा“को सरकारी डिपार्टमेन्टल स्टोरमा काम गर्न थालिछन् । ‘घण्टाको दस डलर दिन्थे । दिनमा दसै घण्टा काम गर्नुपर्थ्याे ।’ उनले खुलस्त भनिन्- ‘फिटिक्क बस्न पाइन्थेन । खुट्टा सुन्निएर या हुन्थ्यो ।’यहा“ कम्मर मर्काएर गाला चाउरी पारेकी यी नर्तकीलाई अमेरिका बसाइ निकै सास्तीपर्ूण्ा लागेछ । न इज्जत, न सामाजिक पहिचान ।’यता जीवनभर कमाउन नसकेको पैसा त्यहा“ एकै महिनामा कमाए“’ उनले भनिन्- ‘तर यताको जस्तो मानमनितोचाहि“ केही पाइन“ ।’आफू यस्तरी बेवास्ता गरिएको उनलाई साह्रै बिझेछ । डेढ वर्षछि उनी घर फर्किन् ।’तर यहा“ पनि के गरी दिन बिताउनु -’ दिक्दारीमा निधार तीन धर्का पारेर भनिन्, ‘जागिर गइगो ।’ कुकुरस“ग जिस्किएर, नातिलाई काखमा लिएर र बगैंचाका फूलहरू गोडमेल गरेर उनी बुढ्यौली निम्त्याइरहेकी छन् । ३० वर्षछि पहिलोपटक उनी यसरी फर्ुसदिली र रङ्गमञ्चबाट टाढा भएकी छन् ।अमेरिका जानुअघि प्रज्ञाप्रतिष्ठानमा उनी उपनिर्देशिका थिइन् । उतै बसेको खबर पाएर यता कार्यालयले हाजिर हुन आउने ३५ दिने सूचना गोरखापत्रमा छापिदिएछ । त्यसभित्रमा नआए जागिर चट हुने कुरो उनलाई खसम वसन्तले टेलिफोनमा सुनाएछन् ।’मैले त रिसले आ“खै देखिन“’ लक्ष्मीले भनिन्- ‘के म विराटनगर गएकी थिए“ र ३५ दिनमा आइपुग्नु -’उनको पालो अमेरिकैबाट राजीनामा पठाइन् । यता स्वीकृत नहुने कुरै थिएन । ‘मैले त्यतिका वर्षकाम गरेको कसले देख्यो र -’ ४८ वर्ष उनी गुनासिइन्, ‘यो देशमा असल मान्छेको कदरै हुन्न ।’ यता पनि उनलाई दिकदार लागेछ क्यारे । उनी अर्काे महिना फेरि अमेरिका जा“दैछिन् । ‘के गर्नु आवत-जावत नगरे बल्लतल्ल पा’को ग्रीनकार्ड पनि खोसिने र’छ ।’ उनले जान पर्नाको कारण भनिन् ।उता गएपछि सकेसम्म योग सिकाउने काम खोज्ने नपाए जस्तो मिल्छ उस्तै जागिरमा अल्भिmने उनको विचार छ । अमेरिका बसाइ सजिलो होस् भन्ने हिसाबले अचेल उनी अंग्रेजी पनि सिक्दैछिन् । ‘भाषा जान्यो भने सजिलो हुन्छ नि’ उनले भनिन् । यता आएपछि उनले एउटा सिनेमामा अभिनय गरिन्- खलपात्रका रूपमा । ‘खराब भूमिकामा मलाई यसअघि अनुभव थिएन’ लक्ष्मीले भनिन्, ‘यसपालि मौका जुर्‍यो । निकै आनन्द हुने रहेछ ।’ चिरञ्जीवी बस्नेतको ‘बलराम’ को सुटिङमा धेरैपछि क्यामेरा अघिल्तिर पर्दा उनलाई निकै खुसी लाग्यो रे ।