“महिला रोजगारका लागि खाडी असुरक्षित छ”
आकर्षक रोजगारीका नाममा म्यानपावर संस्थाका एजेन्टहरूले नेपाली महिलालाई भारत हु“दै खाडी देशमा लगेर अलपत्र पारेका घटना बढिरहेका छन् । दलालमार्फ कुवेत पुगेकी सिन्धुपाल्चोककी डोल्मा शर्ेपाले त हत्या आरोपमा मृत्युदण्डको मिति पर्खेर बस्नुपरिरहेको छ । केही महिला खाडी देशका फिर्ती जेलमा स्वदेश फिर्ता हुने दिन कुरेर बसिरहेका छन् । यता सरकारलाई भने वैदेशिक रोजगारमा गएका महिलाको अवस्थाबारे केही थाहा छैन । यी र यस्तै विषयमा केन्द्रित रहेर चेलिबेटी बेचविखनविरुद्व काम गरिरहेको संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालास“ग कान्तिपुरको प्रवास साप्ताहिकका लागि सर्ुदर्शन रिजालकोे कुराकानी-
कतारलगायत खाडी मुलुकमा रहेका नेपालीलाई माइती नेपालको चिनारी कसरी दिनुहुन्छ - - माइती नेपाल चेलिबेटी बेचविखनविरुद्व काम गरिरहेको गैरसरकारी संस्था हो । यसले देश वा विदेशमा हुने चेलिबेटी बेचविखनविरुद्ध रोकथाम तथा पुनर्स्थापनाको काम गरिरहेको छ । यसका साथै चेलिबेटी बेचविखन हुनसक्ने समभावित क्षेत्र तथा सीमा नाकाहरूमा आफ्ना कर्मचारी खटाएर चेलिबेटी बेचविखनका विरुद्ध काम गरिरहेको छ ।
आजभोलि वैदेशिक रोजगारीका लागि महिला पनि विदेश जान थालेका छन् । यसलाई माइती नेपालले कसरी लिएको छ - - देशमा रोजगारी नभएको अवस्थामा रोजगारीका लागि महिलालाई विदेश पठाउनु राम्रो हो । तर त्यसका लागि सरकारी स्तरमा पहल हुनर्ुपर्छ । हामीकहा“ त्यसो नभएकाले यो असुरक्षित भइरहेको छ । महिलालाई विदेश पठाउने अधिकार दलाललाई दिएर हु“दैन । अहिले रोजगारीका नाममा विदेश जाने धेरै महिला भ्ाारतमै अलपत्र परेर कोठीहरूमा पुर्याइएका छन् । यस्तै विदेशमा पुगेका महिला पनि घरेलु हिंसा र यौन हिंसाको सिकार भइरहेका छन् । यसबारे सरकारले थाहा पाएर पनि केही गरेको छैन । हामीलाई त सरकारका जिम्मेवार तहमा बसेकाले नै दलालहरूस“ग मिलेर काम गरिरहेका छन् भन्ने लागिरहेको छ ।
धेरै नेपालीका लागि खाडी राम्रो रोजगारस्थल बनिरहेको छ । महिला रोजगारका लागि खाडी क्षेत्र देशहरूलाई कुन रूपमा लिने - - रोजगारी आफैंमा सुरक्षित हुन्छ । महिलालाई कुन उद्देश्यले कसरी लगेर कस्तो काममा लगाइने गरिएको छ भन्ने कुराले सुरक्षित/असुरक्षित भन्ने कुराको निर्धारण हुने हो । अहिले नेपाली महिलालाई जे जसरी जसले पठाएको छ र त्यहा“ लगेर जे काममा लगाइएको छ । त्यो कुराले खाडी देश महिला रोजगारीका लागि असुरक्षित बनिरहेको छ ।
गैरसरकारी संस्थाहरूले बजेट भित्र्याउन समस्यालाई बढाइचर्ढाई ठूलो बनाउ“छन् भन्छन् नि -
- देशले भोगिरहेका समस्यामा सरकारलाई सहयोग गर्नु नै गैरसरकारी संस्थाहरूको काम हो । हामीले रोजगारीका नाममा चेलिबेटी बेचविखनमा नपरून भनेर रोकथामका लागि जनचेतनामूलम कार्यक्रमहरू ग्रिरहेका छौं । यस्तै समस्यामा परेका महिलालाई तत्काल उद्धार गर्ने तथा घरपरिवारमा पुनर्स्थापना गराउनेलगायतका काम गरिरहेका छौं । डोल्मा शर्ेपाको अवस्था र्सार्वजनिक गर्नु अथवा यस्तै प्रकारका समस्या बाहिर ल्याउनुलाई कसैले बजेट भित्र्याउन समस्यालाई ठूलो बनाएको भन्छ भने त्यस्ता आरोप हाम्रा लागि मान्य छन् ।
सरकारलाई गाली गरेर सरकारलाई सहयोग गरेको भन्न मिल्छ र - - हामीले सरकारमा बसेकाहरूले जिम्मेवारी लिएअनुसार काम गर्न सकेनन् भनेको हो । उनीहरू जिम्मेवार भइदिने हो भने समस्याले सहजै निकास पाउ“छ । चेलिबेटी बेचविखनमा सक्रिय गिरोहहरू च्ाा“डै पक्राउ पर्छन् । वैदेशिक रोजगारमा जाने महिला घरेलु तथा यौन हिंसाको सिकार भइरहनुपर्दैन । हामीहरूले उनीहरूलाई जिम्मेवार बनाउन सहयोग गरेको हो । गाली गरेको होइन ।
वैदेशिक रोजगारमा जाने महिलाले अहिले कस्ता समस्या भोगिरहेका पाउनुभएको छ -
- रोजगारमा जानु र धेरै पैसा कमाएर ल्याउनु राम्रो कुरा हो । हाम्रो अनुभव र भोगाइले के देखाएको छ भने महिलालाई वैदेशिक रोजगारमा पठाउने कामको सुरुवात नै गलत नियतले भइरहेको छ । यो काम सरकारी तहबाट नभई एजेन्टमार्फ भइरहेको छ । त्यो पनि गैरकानुनी तवरले भारत हु“दै विदेश पठाउने कामहरू भइरहेको छ । जसका कारण महिला वैदेशिक रोजगारमा गए भन्ने स“गस“गै समस्यामा परे उद्धार गर्नुपर्यो भन्ने खबरहरू आउन थाल्छन् । ५०/६० हजार ऋण खोजेर धेरै कमाईका लागि वैदेशिक रोजगारमा हिंडेकी एक चेली दिल्ली, मुर्म्बई, मलेसिया, साउदी अरब र कुवेतका अन्तर्रर्ााट्रय विमानस्थलमा एक्लै परी सहाराविहीन भई भन्ने अवस्थामा फेला पर्छर्ेे उसलाई त्यस्तो अवस्थामा पुर्याउने दलालको नाम, ठेगाना र नम्बर भएर पनि पत्ता लाग्दैन । यस्ता केशहरू हामीकहा“ हरेक दिनजसो आउने गरेका छन् । यसले समस्याको अवस्था बताउ“छ ।
यसरी अलपत्र अवस्थामा भेटिने महिलालाई तपाईंहरूले के गर्ने गर्नुभएको छ - - हामीले त तत्कालका लागि उद्धार गरेर पुनर्स्थापन केन्द्रमा राख्ने, घटनाको प्रकृति पत्ता लगाई कानुनी सहायता उपलब्ध गराउने र परिवारमा पुनर्स्थापना गराउने गरिरहेका छौं । साथै सरकारलाई दोषीलाई कारबाही गर्न श्रम विभागलगायतका सरकारी निकायमा पठाउने गरेका छौं ।
श्रम विभाग तथा सरकारी निकायबाट पीडितहरूले न्याय पाएका छन् त -
- अहिलेसम्मको स्थिति हर्ेदा पीडितले न्याय पाएको अवस्था छैन । दोषीमाथि कारबाही भएको पनि पाएका छैनौं । उल्टो महिला राजीखुसीले विदेश जान खोज्दा यस्ता घटना भएको भनेर दलालहरूलाई नै बल पुग्ने निर्ण्र्ााती निकायबाट भएको पाएका छौं । सरकारी निकाय जिम्मेवार नभइदि“दा महिला समस्यामा पर्ने क्रम रोकिएको छैन ।
पीडित महिलाले न्याय पाउने तथा आगामी दिनमा थप महिलाले पीडित हुनु नपरोस भन्नका लागि कसको भूमिका के हुनर्ुपर्छ - - यसका लागि गैरसरकारी संस्थाहरू तथा नागरिक समाजका सबै निकायको सहयोग आवश्यक पर्छ । तथापि स्थिति के हो - के भइरहेको छ - कसरी जान सकिन्छ भनेर अवस्थाको चित्रण तथा समाधानका लागि नीति नियम तथा सोच बनाउने राज्यले बनाउने हो भने त्यसलाई कार्यान्वयनमा ल्याउने काम तपाई/हामीले गर्नुपर्छ । कसैको थाप्लोमा हालिदिएर समस्याले निकास पाउ“दैन । राज्यले अहिले महिलालाई काममा बाहिर जानलाई नीतिगत अल्झनहरू हटाएको छ । तर पनि त्यसका लागि आफूले जिम्मेवारी लिने काम सरकारले गरेको छ्रैन । सरकारले विदेश जान महिला तथा पुरुष कामदारले कमाईमात्र गरिदिओस् नभनी सम्मानपर्ूण्ा र सीपयुक्त कामका लागि पनि प्रँेत्साहन गर्नुपर्छ ।
