दीपक थापा ‘टोप’
बाध्यतामा अल्भिmएको जिन्दगी
प्राइभेट अफिस चिटिक्क परेको कोठा छ । एक छेउमा टेबलमाथि पुरानो कम्प्युटर अर्को छेउमा एक सेट सोफा । सुनसान कोठा, गर्मीको समय, पंखा घुमिरहेको छ । दिनेश कर्ुर्सर्ीी बसेर एकनासले टोलाइरहेको छ, सोचिरहेको छ त्यी बाटोमा सधैजसो देखिने बौलाहीको बारेमा । बौलाहीलाई उसले अफिस आउ“दा-जा“दा सधैं देखिरहेको हो । जति नै गर्मी होस् या जाडो उनलाई कुनै आपत्ति थिएन । दिनेश मनमनै सोच्छ मान्छेको जिन्दगी दर्ुइ दिनको त्यसमाथि मस्तिष्कले नै काम नगरेपछि समाजको अगाडि बा“च्नुको अर्थ के नै रह्यो । तर पनि मर्नुभन्दा बौलाउनु बेस भन्छन् । सोच्दासोच्दै अफिसमा उसको मेनेजर आइपुग्छ । केही समयको कुरापश्चात् दुवै निस्कन्छन् । पुनः भोलिपल्ट अफिस आउने क्रममा त्यही ठाउ“मा बसेर बौलाहीले हिजो अस्तिको भन्दा बिल्कुलै फरक क्रियाकलाप प्रस्तुत गर्दै थिइन् । कहिले हा“स्थिन्, रुन्थिन् पनि । ती बौलाहीको यस्तो क्रियाकलापले दिनेशका अफिसतिर दौडिएका पाइला एकैछिन रोकिए । बौलाहीको आवाज उसले कतै सुनेको जस्तो लाग्यो । उसले ती बौलाहीलाई परैदेखि नियाल्यो तर ठम्याउन सकेन ।
ऊ अफिस पुग्दा पनि मनमा यिनै कुरा खेलिरहन्छन् । काम गर्न सक्दैन र बहना बनाएर घर र्फकन्छ । लुगैसहित पलङमा पल्टिएपछि फेरि सोच्न थाल्छ त्यही बौलाहीलाई र एकाएक झस्किन्छ । बौलाहीको आवाज उसको कानमा एकतमासले गुन्जिरह्यो । यो बोली पहिले कतै सुनेजस्तो लाग्न थाल्यो । ऊ धमाधम बिर्सिसकेको अतीतलाइ खोतल्न थाल्छ । निकै बेरपछि उसले केही सम्झन थाल्यो…. गाउ“को उसको पहिलाको…† दिनेशको परिवार सहर पसेको पनि धेरै भइसक्यो । उसले माविसम्मको अध्ययन गाउ“बाटै पूरा गरेको थियो । गाउ“ले स्कुलमै दिनेश र रूपाको गहिरो सम्बन्ध बसेको थियो । स“गै स्कुल आउने जाने हा“सखेल गर्ने गर्दै दिनहरू बितिरहेका थिए । रूपाको परिवारलाई तल्लो जातिको भनेर गाउ“लेहरूले हेला गर्ने गर्थे । सायद त्यसैले पनि दिनेशको परिवारलाई उनीहरूको संगत स्वीकार्य थिएन । बेलाबेलामा दिनेशको बाबाले रूपास“गको सम्बन्ध तैंले तोड्नर्ुपर्छ भन्ने खालको दबाब दिन्थे । यस्ता कुरालाई दिनेशचाहि“ बेवास्ता गरेर टारिदिन्थ्यो । रूपा दिनेशलाई धेरै माया गर्थी । उसका निम्ति जिन्दगीको सबथोकै दिनेश थियो । त्यस्तै नै थिइन् दिनेशका लागि रूपा । ती दर्ुइ जोडीको सम्बन्ध यति धेरै चर्चामा आयो कि अब त झन् कसै गरी पनि यी छुट्टएिर बा“च्न सक्ने स्थिति थिएन । किनकि दिनेशले रूपालाई भित्र्याउन नसके पनि रगतको सिन्दूर, प्रेमको उपहार दिइसकेको थियो । यति धेरै कुराहरू दिनेशको परिवारको कानमा पर्न थालेपछि त्यो सम्बन्ध छुटाउनकै निम्ति उसको परिवारले गाउ“ छोडेका थिए । दिनेशले सहर जाने बेलामा चा“डै नै रूपालाई लिन आउछ“ु भन्ने आश्वासन दिएर बिदा भएको थियो । सहरमा पसेपछि पनि रूपाको माया र सम्झनाले नसताएको त कहा“ हो र । तर समय बित्दै गएपछि उसको मनका घाउहरूमा खाटो बस्दै गयो । पछि-पछि उसलेे सहरतिरै पनि धेरै रूपाहरू फेला पार्न थाल्यो । गाउ“को रूपालाई बिस्तारै बिर्सन थाल्यो । तर बिचरी रूपा धेरै समयसम्म दिनेश आफूलाई लिन आउने बाटोभरि प्रतीक्षाको नयनहरू बिच्छयाइरही । धेरै समय हु“दा पनि दिनेश नआएको र कुनै खबरै नपाएपछि रूपा दिनेशको मायामा पागल बन्दा र समाजको अमानवीय व्यवहार, घृणाको पात्र बनेपछि उसको कलिलो मन मष्तिस्कमा गहिरो चोट परेको थियो । त्यस्तै मनोदशामा उसको दिमागले पनि काम गर्न छोडेको थियो । यसरी बौलाहीको रूप लिई सडकका गल्लीगल्ली चहार्न थालेकी रहिछिन् दिनेशकी रूपा । सा“च्चै त्यही रूपा आजभोलि दिनेश अफिस आउने-जाने बाटोमा बौलाहीको रूपमा उभिएकी छे । जुन रूपालाई दिनेश धेरै माया गथ्र्यो अरू के-के गथ्र्यो । तर आज उसले तिनै मायालु रूपालाई नजिकैबाट नियाल्दा पनि चिन्न सकेको थिएन । किनकि पहिलेको रूपा र अहिलेकी रूपामा धेरै फरक थियो । बैंस थिएन, मनै लोभ्याउने जीउ थिएन, इष्र्यालाग्दो सिंगारपटार थिएन । धेरै बेर अतीतलाई सम्झेपछि दिनेश झसङ्ग न्रि्राबाट ब्यु“झेझैं गरी हतारहतार त्यही अफिस जाने बाटोतर्फदौडन्छ एकनासले चिच्याउ“दै….। तर दिनेशले पहिलेको ठाउ“मा ती रूपालाई देद्यदैन, भेट्दैन । धेरैबेर खोजिरहन्छ ती बौलाही रूपालाई परतिर हर्ेदा काही“ गाडीको जाम देख्छ । सशंङ्कति हु“दै त्यतैतिर लाग्छ, सा“च्चि नै एउटा ट्याक्सीले बिचरी बौलाही रूपालाई ठक्कर दिएपछि सडकको छेउमा मरणासन्न अवस्थामा देख्छ । हतारहतार रूपालाई बोकेर दौडाउ“दै अस्पताल पुप्याउ“दापुप्याउ“दै रूपाले बीच बाटोमा नै यस धर्तीबाट बिदा लिन्छिन् । बौलाही भए पनि मर्ने बेलामा उनको मुखबाट शब्द निस्कर्न्र्छ दिनेश म त्रि्रो खुसी देख्न चाहन्छु त्रि्रो काखमा मर्न चाहन्छु ।’ यतिबेला दिनेश मन सम्हाल्नै सक्दैन रूपाको लासमाथि धेरै बेर रोइरहन्छ धिक्कार गर्छ आफूले आफैंंलाई । केही मान्छेको सहयोग लिएर मृतशरीरलाई अन्त्येष्टि गर्छ प्रेमको चिनो ,अनि अन्तिम उपहारस्वरुप चढाउ“छ केवल दर्ुइ थोपा आ“सु….।
- पाला-५ बाग्लुड.
हाल ः अल खयाम क्याफे,
अल नासर, दोहा ।
