दीपक थापा ‘टोप’
बाध्यतामा अल्भिmएको जिन्दगी
प्राइभेट अफिस चिटिक्क परेको कोठा छ । एक छेउमा टेबलमाथि पुरानो कम्प्युटर अर्को छेउमा एक सेट सोफा । सुनसान कोठा, गर्मीको समय, पंखा घुमिरहेको छ । दिनेश कर्ुर्सर्ीी बसेर एकनासले टोलाइरहेको छ, सोचिरहेको छ त्यी बाटोमा सधैजसो देखिने बौलाहीको बारेमा । बौलाहीलाई उसले अफिस आउ“दा-जा“दा सधैं देखिरहेको हो । जति नै गर्मी होस् या जाडो उनलाई कुनै आपत्ति थिएन । दिनेश मनमनै सोच्छ मान्छेको जिन्दगी दर्ुइ दिनको त्यसमाथि मस्तिष्कले नै काम नगरेपछि समाजको अगाडि बा“च्नुको अर्थ के नै रह्यो । तर पनि मर्नुभन्दा बौलाउनु बेस भन्छन् । सोच्दासोच्दै अफिसमा उसको मेनेजर आइपुग्छ । केही समयको कुरापश्चात् दुवै निस्कन्छन् । पुनः भोलिपल्ट अफिस आउने क्रममा त्यही ठाउ“मा बसेर बौलाहीले हिजो अस्तिको भन्दा बिल्कुलै फरक क्रियाकलाप प्रस्तुत गर्दै थिइन् । कहिले हा“स्थिन्, रुन्थिन् पनि । ती बौलाहीको यस्तो क्रियाकलापले दिनेशका अफिसतिर दौडिएका पाइला एकैछिन रोकिए । बौलाहीको आवाज उसले कतै सुनेको जस्तो लाग्यो । उसले ती बौलाहीलाई परैदेखि नियाल्यो तर ठम्याउन सकेन ।
(more…)