-विराज हावा
मैले सलाम वालेकुम भन्ने शब्द पंक्ती भने पहिले नै सुनेको थिए । हिन्दी सिनेमाका पात्रहरुमा यो संबाद हुदा नमस्कार नै होला भन्ने एकिन गर्न सकिन्थ्यो । देश देखी छुट्टिएर अरब आउदा मैले छुट्टै जिन्दगी पाए जस्तो भएको थियो । यहाँको भौगोलिक स्थिती, समाज, संस्कृती परम्परा र धार्मिक आस्था विल्कुलै फरक । पहिलो पल्ट बहर्राईनको माटो टेक्दा बायू आद्रताले मलाई उकुस मुकुस पारेको थियो । मैले सहयात्रीलाई सोधेको थिए । यहाँ सधै भरी यस्तै हो- यस्तै हो । पछी बानी परिहाल्छ अनि सामान्य भई हाल्छ ।उ भेकेशन सिध्याएर आउदा गल्फ एयरमा संगै परेको थियो । आधारातमा बहर्राईन बाट बसले साउदीको खोबर भन्ने ठाउँमा छाडिदियो । तिन जना साथी एउटै कम्पनीको लागी आएकाले रातभरी एक्लो पनको महशुस भएन । तर काँचो निन्द्रा भने सहनु परेको थियो । बिहान १० बजे पछि बल्ल कम्पनीको बसले साउदीको रस्तानुरा भन्ने ठाउँमा पुर्यायो । कम्पनीको क्याम्प रहेको त्यो ठाउँले पनि उजाड अनि अनकंन्टारको बरदानै पाएको थियो । ब्यापक गर्मी, सुख्खा र उजाड ठाउँहरुले मलाई पहिलो दिनमै नरक आएको जस्तो महशुस गराएको थियो । यत्रो वर्षकसरी विताउने पिरलो परेको थियो । पहिलो पल्ट साउदीको भुमिमा प्रिmज भित्र बरफका ढिक्का भएका चिकेनको तरकारी, उमालेर फुलेका भातको दानाहरु र दालको एकमुष्ठ भोज गरियो । पानीको स्वादमा नुनको मात्रा अधिक हुनाले घाटीको नलीले अरु निल्ने सामर्थ गरेन । निकै कडा र गरुङ्गो भान भयो । मैले त्यती खेरा देश सम्झिएको थिए । त्यो ताजा सब्जी र खानाका परिकारहरु, पहाडका कन्दरा बाट फुटेका मुहानहरुले पिलाएका चिसो जलका घुटकाहरु यि सबै मैले अव देख्ने सपना भैसकेको थियो । क्याम्पमा नेपाली कुक र नेपाली कामदार भए पनि परिकार छुट्टै तरिकाले बन्ने गरेको थियो । प्राय खानामा चिकेन या मटन हुने हुनाले धेरै जसो मांसाहारी नै हुनु पर्ने बाध्यता थियो । मैले कोरीयाको बारेमा पनि सुनेको थिए । गुड्नमो गाडी र उड्नेमा हवाई जहाज मात्रै खाको छैन नत्र सबै खाएको छु । एकजना चिने जानेकाले चिठ्ठीमा यस्तै कुरा गरेको थियो ।आखिर यही सत्यता थियो । समयसंग समायोजन र चिनजान ।
कम्पनीको हेड अफिस जोयमाले भोली बिहान देखी नै मेडिकल चेकअपको लागी क्लिनक पठाएको थियो । क्लिनकमा फिलीपिनो महिलाहरुनै सक्रिय देखिन्थे ।  साउदी मुदिरहरु विलासिकताको र ऐस आरामको जिन्दगी जिउने भएकालेनै साउदी महिलाको संख्या कुनै पनि ब्यासायीक क्षेत्रमा ज्यादै न्युन र नियन्त्रित हुने रहेछ । पारम्परीक सामाजीक संरचना भित्र दबिएका महिलाहरुको लागी स्वतन्त्र विचार र जिवन स्तरमा सराप परेकोले कालो ब’र्कानै उनीहरुको स्त्रीत्व पहिचान रहेछ । सम्पर्ूण्ा भाग छेपिने ब’र्कानले उनीहरुको सुन्दरतामाथी आक्रमणकारीले झै शासन जमाएको रहेछ । जे होस जस्तो देश उस्तै भेष । अपनाउन नचाहे पनि स्विकार्नु पर्ने हुन्छ । धन्य साउदी अरब भन्दै आफ्नो कर्मलाई निरन्तरता दिन थाले । तानाजीव प्रोजेक्टमा साउदी आरामको कम्पनीसंग भएको कन्ट्रयाक्ट अनुसार हामी साउदी आरामको कम्पनीमा खर्टाईएका थियौ । बस्ने क्याम्प क्षेत्र साउदी आरामको कम्पनीको संबेदनशिल एरिया भएकोले साउदी आर्मीको प्रत्यक्ष निगरानीमा हुदा पनि आफैलाई असुरक्षित महशुस हुनु साथीमाथी परेको एक घटनाले पुष्टि गरेको थियो । अस्लिल चलचित्रको सि.डि.को केसमा उसलाई सुरक्षाकर्मीले ब्ल्याकमेल गरेको थियो । उसो त सबैले गोप्य तबरले हेर्ने गरेका नै हुन्छन । एउटा बयस्क यूवकको गुण यही हो । त्यसमा पनि साउदी अरब जहा स्त्रीको रुप देख्न १२ वर्षतपस्याले पनि नभेट्ने । कारण यहि थियो र सत्यता पनि । यो सत्यता उनको लागी योग्य हुनु कुनै विसंगती थिएन । यस ब्याक्तिगत मामिलामा हस्तक्षेप हुनु जायज पनि थिएन । हुन त कानुन जहिले पनि सामाजीक परिवेशको बिरोधाभासमा नै पर्ने गर्छ । त्यो दिन मेरो साथी लगायत हामी सबै नतमस्तक बन्न पुग्यौ ।
निरिक्षण शाखाको मातहतमा तानाजीव प्लान्ट क्षेत्रको अरबियन सागरको किनारमा मेरो अफिस अवस्थित थियो । करिब ५ मिनेटको समय अन्तरालमा गाडी बाट क्याम्प देखि अफिस पुग्न सकिन्थ्यो । पछि बाटो बरपरका हरेक बस्तुहरुसं धेरै अगाडी चिनजान भएको आभास हुदै आयो । अफिसमा बिभिन्न देशका कर्मचारीहरुसंग काम गर्नु पर्ने हुनाले संवादको माध्यम अंग्रेजी भाषा नै थियो । त्यसमा पनि फरक देशका फरक कर्मचारीको जन्मजात ज्रि्राहरुले पैदा गर्ने स्वर ध्वनीहरुमा धेरै भिन्नता पाईन्थ्यो । शुरुका दिनहरुमा हम्मे हम्मे नै पारेको थियो । मेरो सहकर्मीले मलाई बोलीको साथ साथ मानिसको एक्शन -कार्य) लाई पनि ध्यान दिन सल्लाह दिन्थ्यो । उ चाईनिज मुलका मलेशियाली थिए । पेशाले इन्जिनियर म भन्दा धेरै सिनियर थियो उ । मेरो बोसहरु भने फिलीपिनी र साउदी थिए । कुनै कुरा गर्न लगाउदा विस्तारै ढिलो तरिकाले भने पनि बुझेर काम गरोस भन्ने उसको आशय हुन्थ्यो । आखिर म पनि सुस्ती मान्छे नै थिए । जस्तो कुरामा पनि मेरो गम्भिर मुद्राले उनीहरुलाई ध्यान दिन्थ्यो । मेरो काम आफ्नै शुरमा पनि हुने हुनाले उनीहरुले मेरो काम गर्ने तरिकालाई बुझेका थिए । म जुन काम गर्थे एकाग्र भएर गर्ने भएको हुनाले पनि होला । कम्पनीको गाईडलाईन्स र पोलिसीहरु फलो अप गर्ने केही नियमित तथा निष्ठ कर्मचारीहरु बिरलै नै थिए तर पनि कहिलेकाही उनीहरुको नजरअन्दाजले जिद्घपिना देखाउथ्यो आफ्नै पोलिसी आफ्नै तर तबरले काम कागजातहरुको कार्य-प्रकृया हुदा काम पूनह गर्नु पर्ने र दोष थोपरिदा मगजले कहिले काही त भ्याउ पनि नपाउने । अपरिचित काम प्रतिको जिज्ञासामा कमनसेन्सको कुरा गर्ने धेरै कर्मचारीहरु आफूलाई स्मार्ट देखाउन तल्लिन हुने । एक दिन दैनिक क्रियाक्लापको डेलि हाईलाईट बनाउन बोसले मलाई निर्देशित कर्मचारी हरुलाई इ-मेल बाट खबर गर्न आदेश दिएका थिए । स्मार्ट भएर मेरो सहकर्मी हाईलाईट मेकर पेशाले उ इन्जिनियर इन्सपेक्टर म संग कमनसेन्सको कुरा गर्न थाल्यो । मैले इ-मेल गर्दा एउटा ग्रुपको नाम छुटाए, समाबेश गरिन रे । आखिर उ मेरो बोस नभए पनि कमनसेन्सको स्मार्टनेश पस्कियो । तर बोसको म संग कस्तो कुरा भएको थियो उसले बुझ्न चाहेन । हुन त उनले भनेको पनि ठिकै थियो तर त्यो  काम त उसले नै गर्नु पर्ने थियो । जे होस जो जस्ता पाका भए पनि कुरा अलि बढि अनि चढेर गर्दा अरुलाई स्वात्तै निल्न खोज्दा भित्र भित्र झोक चल्ने कुरा मलाई मात्र होइन सबै साथीले बेहोरी सकेको, कोठामा पुगे पछिको उनीहरुको उग्र गन्थनले पहिलेका दिनहरुमा नै बताएको थियो । आखिर सेकरेटरीले दिनहू खाने खाजा नै रहेछ यि टिप्पणीका कुराहरु भन्दै मैले पनि बेवास्ता गरिदिए ।
कर्मचारी र्सर्भिस अवार्ड पार्टी निमन्त्रणा मिलेको थियो । हामी नेपाली साथीको एउटा गेंग नै थियो । कोठा पनि संगै र निर्ण्य पनि एक नै हुने हुनाले पार्टी उपस्थिति हुने र एक अर्कालाई कम्पनी दिने कुरा अनुसार पार्टी उपस्थित भएका थियौ ।र्सर्भिस अवार्ड र्फमल कार्यक्रम सिद्घए पश्चात भोजनको कार्यक्रम थियो । ठुलो नाङ्गलो जत्रो थालीको लस्कर देखिन्थ्यो । साउदी चलन चल्ती अनुसार त्यो खाब्सा खाना थियो । सिंगो खसीको फिलाहरु र सिंगो कुखुराको मासु संग राम्रो असल भात को ब्यन्जन थियो । सबै लुसा चुडी गर्न लागे जस्तो । गिद्घका झुण्ड जस्तै जस्तै भएका थियौ । वरी परी फ्रुट र डि्रंकसहरु पनि थिए तर वास्ता भएन । सिंगै स्टिम गरेको मासुहरु देख्दा असहज लागे पनि खादा निकै स्वादिष्ट थियो । अरुहरु पनि खानमा ब्यस्त भईसकेको थियो । साउदीहरु पनि खाब्सा खाना भने पछि हुरुक्कै हुने र यसमा हुने खर्च पनि उच्च हुने हुनाले यो कुनै विशेष खाना थियो । सायद शाही खाना नै हुनु पर्छ त्यो । पहिलो पल्ट साउदी खाब्साको स्वाद पाए पछि यसको राम्रो तारिफ आउन थाल्यो । जुबेल भन्ने सि टि अर्ढाई घण्टाको दुरीमा थियो । महिनाको एक पल्ट सँपिङ्ग गर्नको लागी कम्पनी बाट नै बस जाने गथ्र्यो । खाब्सा खाने भनेर जुबेल सि टि साथीले एकफेरी फनन घुमायो । छोटे मोटे साथीहरुले होटल नपाए पछि भकुण्डो जस्तै फुलेको भुँडीले एक छिन सास्ती गराए पनि अन्तत्व होटल फेला पर्यो र खाब्साको टन्न भोजन भयो । साउदी आरामको कम्पनी विश्वमा ख्याती कमाएको तेल तथा ग्याँस प्रोडक्शन कम्पनी भएकोले यसको आफ्नै वायूसेवा थिए । हामी साउदी आरामको कम्पनीमा काम गर्ने कर्मचारीको हकमा दमामको लागी पहिलो पटक निशुल्क वोईङ्गमा उडेका थियौ । साथीहरुले काठमाण्डौ वाट साउदी आउदा एयर टिकटको भाउ लगाए जस्तै भाउ लगाउदा लाग्ने पैसा तिर्न नपर्ने भएर कता न ठुलो मान्छे र आफ्नै जहाज भए जस्तो कुरा पो हुन थाल्यो । बेला बेलामा नेशनल होली डे र साउदी आरामको विदाको दिन हामी त्यही फोकटिया जहाजलाई दमाम सम्मको गाडी बनाउन चुकेनौ ।