चिया खाने बहाना
-अरुण नदी खत्री
चियापसलमा पुगेर साहुनीसँग चिया खान मन लागेर एक कप चिया र एक पुरिया बिस्कुट मागें । साहुनी चिया बनाउन थालिन् । बिस्कुट निकालेर दिइन् । बिस्कुट खाँदै गर्दा दुइजना सँगै काम गर्ने कार्यालयका साथीहरू आएर चिया मगाएर मैले खाँदै गरेको पुरियाको बिस्कुट हातले निकालेर खाए । साहुनीले चिया तयार भएपछि हामी तीनैजनालाई दिइन् । तीनैजनाले गफगाफ गर्दै चिया खाएर सक्ना साथ मैले आफूले मागेको विस्कुट र एक कप चियाको पैसा साहुनीलाई दिएँ । ‘तपाईंहरूले खाएको चियाको पैसा तिर्नुहोला नि बिस्कुटको र मैले खाएको चियाको पैसा मात्रै मैले तिरेको छु‘ भनें ।‘हामी त तपाईंलाई देखेर पो चिया खान आएका हौं‘ उनीहरूले भने. ।हामी बीचको कुरा सुन्दै गरेको अर्को ग्राहकले ‘उनीहरू त साहुनीकी छोरीसित आँखा जुधाउन, उसलाई जिस्क्याउन पो चिया खाने बहाना बनाएर आएका हुन् त ! भन्दै मुख छोडी हाल्यो ।
The URI to TrackBack this entry is: http://bhaktarajmalla.blogsome.com/2008/02/13/p16/trackback/
No comments yet.
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
Find Your Destination:
View Larger Map